Section 7
नेपाल राष्ट्र बैंङ्क फिस्कल एजेन्सी र डिपोजिटरी मनोनित हुने

(१) नेपाल राष्ट्र बैंङ्कलाई कोष
सम्झौताको अनुसूची ५ बमोजिमको धारा ५ को दफा १ को प्रयोजनको लागि फिस्कल एजेन्सी र
कोष सम्झौताको अनुसूची ६ बमोजिमको धारा १३ को दफा २ को प्रयोजनको लागि डिपोजिटरी
मनोनित गरिएकोछ ।
(२) नेपाल राष्ट्र बैंङ्कलाई बैंङ्क सम्झौताको अनुसूची ७ बमोजिमको धारा ५ को दफा ११
को प्रयोजनको लागि डिपोजिटरी मनोनित गरिएको छ ।
(३) नेपाल सरकारको तर्फबाट विशेष रकम झिक्ने अधिकार प्राप्त गर्ने, प्रयोग गर्ने,
हस्तान्तरण गर्नेसम्बन्धी सबै काम तथा कोषसंग गरिने अन्य विनिमय कारोबारहरू नेपाल राष्ट्र
बैंङ्कले गर्नेछ ।